काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छिन् । उनले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा भदौ २७ गते कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । त्यस यता उनले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
यसैक्रममा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूलाई निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छन्। कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा युवाहरूलाई उत्साहका साथ सहभागी हुन आह्वान गरेकी हुन्।

September 25, 2025, Jyotishsanchar press

