काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जालकाे एकाउण्ट नरहेको जनाएको छ।
कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको जनाएका छन् ।
‘प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

September 26, 2025, Jyotishsanchar press

