आज ४६ औँ विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौँ । आज ४६ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन्। पर्यटन र दिगो रूपान्तरण भन्ने नाराका साथ यस बर्षको विश्व पर्यटन दिवस मनाइँदैछ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) ले यस दिनलाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ।

Tourist Mustang

September 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको