जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नहाेस्ः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थितीबारे जानकारी लिएका छन् ।

आज राजधानीकाे ट्रमा सेन्टर पुगेर उनले घाइतेहरुकाे उपचारको अवस्थाबारे जानकारी लिएका हुन् ।

सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेकाे उनले घाइतेलाई जानकारी दिए । उपचारमा कुनै कमी हुन नदिन पनि उनले सम्बद्ध पक्षलाई अनुराेध गरेका थिए ।

Mahabir Pun Minister

September 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको