सिन्धुपाल्चोकमा माेटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिककाे मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा शनिबार भएकाे माेटरसाइकल दुर्घटनामा एक विदेशी नागरिककाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

शनिबार बिहान ११ बजेतिर सिन्धुपाल्चोककाे बाह्रबिसे–तातोपानी सडक खण्ड अन्तर्गत भोटेकोशी गाउँपालिका–४, चारकिलोमा माेटरसाइकल दुर्घटनामा घाइते भएका दुई विदेशी पर्यटकमध्ये एक जनाकाे मृत्यु भएकाे हाे । घाइते अर्का एक जनाकाे उपचार भइरहेकाे सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ।

बिहान बा.८९ प.९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियन नागरिक ७१ वर्षीय पिटर ज्याक्सन र उनकी श्रीमती जेनेट ज्याक्सन गम्भीर घाइते भएका थिए । त्यसलगत्तै उद्धारपश्चात दुवैलाई धुलिखेल अस्पतालको हिन्दी शाखामा सामान्य उपचार गरिएकाे थियाे ।

थप उपचारका लागि दिउँसाे एक बजे फिस्टेल एयरको हेलिकप्टरद्वारा नर्भिक अस्पताल, काठमाडाैं पठाइएकोमा तीन बजे घाइते जेनेट ज्याक्सनकाे मृत्यु भएकाे हाे ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक पिटर ज्याक्सनकाे हाल नर्भिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

Accident Final Uvlfyfeitl

September 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको