काभ्रे सेवा समाजद्वारा विजया दशमीकाे शुभकामना तथा समसामयिक विषयमा छलफल

काठमाडौं। काभ्रे सेवा समाजले विजया दशमी तथा दीपावलीका अवसरमा शनिबार समसामयिक विषयमा छलफल तथा चियापान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

साे अवसरमा समसामयिक परिस्थती र सार्वजनिक सेवा प्रवाह विषयमा बाेल्दै लाेक सेवा आयाेगका पूर्वअध्यक्ष उमेशप्रशाद मैनालीले सरकारी निकायमा व्याप्त ढिलासुस्ती र राजनीतिक नेतृत्वमा लामाे समय एकै खालका व्यक्तिकाे उपस्थितीले यसबाट आफ्नाे भविष्य नदेखेर जेनजी आनेदाेलन शुरू भएकाे बताउनु भयाे ।

छलफल कार्यकममा पूर्वअर्थसचिव डा राजन खनालले अहिले विश्व ट्यारिफ वार शुरू भएकाे उल्लेख गर्दै रूस र इरानबाट भारतले तेल ल्याउन समस्या भएका कारण कष्ट भइरहेका बेला जेनजी आन्दाेलनले आन्तरिक समस्या व्यहाेर्नु परेकाे बताउनुभयाे ।

552841326 1486399995978200 891765269201265607 N

September 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको