तिथीकाे घटबढका कारण फूलपाती भने भाेलि मात्र

काठमाडौँ । बडा दशैंको सातौं दिन अर्थात् आज घरघरमा शुभसाइतको प्रतीक मानिने फूलपाती भित्र्याउने परम्परा छ। तर यस वर्ष तिथीकाे घटबढका कारण फूलपाती भने भाेलि मात्र मनाइने भएकाे छ ।

हरेक वर्ष आश्विन शुक्ल सप्तमीको दिन दुर्गा पक्षअन्तर्गत शास्त्रीय विधिपूर्वक नवपत्रिका भित्र्याउने परम्परा रहेको छ। घटस्थापनाको दिनदेखि नै दुर्गा देवीलाई वैदिक विधिपूर्वक आह्वान गरी पूजा गरिने पूजा कोठा वा दशैंघरमा विशेष प्रकारका वनस्पतिहरू भित्र्याइन्छ।

यसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलाई नवपत्रिका भनेर पूजा गरिन्छ। यी सबै वनस्पतिहरू नौवटी देवीको प्रतीकका रूपमा मानिन्छन्।

Durga1

September 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको