काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा सात सयले बढेर २ लाख २३ हजार दुई सय रुपैंयाँ कायम भएकाे छ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख २२ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ७० रुपैंयाँ बढेर तोलामा २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

September 28, 2025, Jyotishsanchar press

