काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश जान रोक लगाएको छ।
आयोगले ओली र लेखकसहित राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाएको हो ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले उनीहरूले उपत्यका बाहिर जान पनि आयोगको अनिवार्य अनुमति लिनुपर्ने जनाएकाे छ।

September 28, 2025, Jyotishsanchar press

