काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वडादशैंका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबैबीच सहकार्यको जरुरी औँल्याएका छन् ।
उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन आग्रह पनि गरेका छन्।
‘समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा भनिएको छ ।

September 29, 2025, Jyotishsanchar press

