सर्लाहीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाही । सर्लाहीकाे हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चार जनाको मृत्यु भएको छ।

दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खस्दा बुधबार चार जना पुरिएका थिए।

मृत्यु हुनेमा महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी श्रीमती ६५ वर्षीया सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी वर्ष ९ की छोरी नर्गिस खातुन छन् ।

घाइतेहरुलाई उद्धार गरि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Mato Ko Dhisko

October 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको