आज बडादशैंकाे टीकाकाे दिनः मान्यजनबाट टीका,जमरा र आशीर्वाद ग्रहण गरेर मनाईंदै

काठमाडाैं । आज बडादशैं अर्थात् दशैंकाे महत्वपूर्ण दिन, मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गरेर मनाईंदैछ।

घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक बिसर्जन गरेपछि दशैंको टीका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।

यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत भएकाले पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन ।

आज घरपरिवारका मान्यजन हजुरबा, हजुरआमा, बुबा, आमा तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद ग्रहण गरी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

Dashain Tikaa

October 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको