मुग्लिन-नारायणगढ सडक दुईतर्फी संचालनमा तर जाेखिम उच्च

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डमा हाल वर्षा भइरहेको छ। तुईन खाेला पुल नजिकै खसेको पहिरो हटाई हाल सवारी आवागमन दुईतर्फी संचालनमा रहेकाे छ।

पानी परिरहेको र यस खण्डमा उच्च जोखिम बढेकाले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्नुहुन सडक डिभिजन कार्यालय भरतपुरले अनुराेध गरेकाे छ ।

मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खाेला नजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारू भइसकेको पनि कार्यालयले जनाएकाे छ ।

Muglin Sadak

October 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको