तीन दिनका लागि सवारी साधन संचालनमा राेक

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन तीन दिनका लागि राेक लगाइएकाे छ।

राष्ट्रिय जाेखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयले आज एक सूचना जारी गर्दै जाेखिम उच्च रहेकाले असाेज १८ देखि २० गतेसम्म काठमाडौँ आउने जाने सवारी साधन बन्द हुने जनाएकाे हाे ।

यस अवधिमा लामाे दुरीका सवारी संचालन पूर्णरुपमा बन्द गरिएकाे छ । काठमाडाैं उपत्यकाभित्र भने राेक नलगाइएकाे भए पनि बाहिर जान भने नपाइने सूचनामा उल्लेख छ ।

Muglin Sadak

October 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको