काभ्रे । बीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ।
सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्ने गरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको हो।
भकुण्डेबेसी, धुलिखेल र बनेपामा यतिबेला ठूलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सवारी साधनलाई सुरक्षित ठाउँमा रोकेका हुन् ।

October 4, 2025, Jyotishsanchar press

