अरनिकाे राजमार्ग पूर्णरुपमा ठप्प

धुलिखेल । धुलिखेल-खावा सडकखण्ड अन्तर्गत पुकुचामा पहिरो गएपछि अरनिकाे राजमार्ग पूर्णरुपमा ठप्प भएकाे छ।‌

राजमार्ग खुलाउने प्रयास भइरहेको धुलिखेल नगरपालिका वडा नं-८ का वडाध्यक्ष बिनोद गौतमले जानकारी दिनुभयो। तर गए रातिदेखिकाे अविरल वर्षाका कारण तत्काल पहिराे पन्छाउन समस्या भइरहेकाे छ।

लेदाेसहितकाे पहिराेका कारण यहाँ शुक्रबारदेखि नै सडक अवरुद्ध हुँदै आइरहेकाे थियाे ।

Arniko Rajmarga

October 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको