देशका धेरै नदीमा जलसतह खतरा तहभन्दा माथि

काठमाडौँ । देशका विभिन्न नदीहरूकाे जलसतह अनुसार हाल ८ वटा नदी केन्द्रहरुमा जलसतह खतरा तहभन्दा माथि छ । जसमा बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला, सुनसरी, बिरिङ खोला, झापालगायत नदीका बाढी मापन केन्द्रहरु छन् ।

१२ वटा नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि र प्रायजसो बढ्दो क्रममा छन् । जस अन्तर्गत, बागमती, कमला, कोशी जलाधारका बाढीमापन केन्द्रहरु रहेका छन् ।

यसैगरि कोशी, मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीमा बहाब सतर्कता तह नजिक छ।

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

Narayani Nadi 1

October 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको