सुनकाे मूल्य एकै दिन ७ हजार ४०० ले बढ्याे

काठमाडौँ। दशैं बिदापछि आज खुलेकाे बजारमा सुनकाे मूल्य एकै दिन ७ हजार ४०० ले बढेकाे छ । याे उच्च बृद्धिसँगै सुनकाे भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा सात हजार चार सयले बढेर २ लाख ३० हजार ६ सय रुपैंयाँ कायम भएकाे छ।

यसअघि असाेज १२ गते छापावाल सुन तोलामा २ लाख २३ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। असाेज १२ गते तोलामा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १२० रुपैंयाँ बढेर तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Gold

October 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको