कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै (५६) ढोका खोलिएका छन् ।

कोशीमा पानीको बहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको हाे ।

आज बिहान सवा ८ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएका थिए । बिहान १०ः३० बजे पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा मापन गरिएको छ।

Saptakoshi 1

October 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको