काठमाडौँ । अविरल वर्षासँगै इलामका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परेर हालसम्म १८ जनाको मृत्यु भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले दिएकाे जानकारी अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ।
त्यस्तै, माङसेवुङ गाउँपालिका–१, पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनेका दुई जनाकाे मृत्यु भएकाे छ ।
फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको उहाँले बताउनु भयो । हाल यी क्षेत्रमा सशस्त्र प्रहरीलगायत अन्य सुरक्षाकर्मी र स्थानीयहरुले उद्धार गरिरहेका छन् ।
तस्बीर : सशस्त्र प्रहरी

October 5, 2025, Jyotishsanchar press

