वाढीपहिराेबाट हालसम्म कति भयाे मानवीय क्षति ?

काठमाडौँ । असाेज १७ गतेदेखि हालसम्म भइरहेकाे वाढीपहिराेबाट आज बिहान १२ बजेसम्म १९ जनाकाे मृत्यु भएकाे छ।

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर इलाममा १४ जना, खाेटाङ र उदयपुरमा खाेलाले बगाएर एक / एक जना तथा राैतहटमा चट्याङ लागेर तीन जनाकाे मृत्यु भएकाे हाे ।

यस्तै इलाममा चार र रसुवामा चार जना गरि ८ जना बेपत्ता भएका छन्, ११ जना घाइते छन् ।
प्राधिकरणले दिएकाे जानकारी अनुसार इलाममा पहिराेमा परेर चार जना, भाेजपुरमा चट्याङ लागेर तीन जना, खाेटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन्।

Ilam Landslide2

October 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको