वाढीपहिराेबाट हालसम्म ४४ जनाकाे मृत्यु

काठमाडौँ । असाेज १७ गतेदेखि हालसम्म भइरहेकाे वाढीपहिराेबाट आज दिउँसाे ४ बजेसम्म ४४ जनाकाे मृत्यु भएकाे छ।

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर इलाममा ३७ जना, खाेटाङ र उदयपुरमा खाेलाले बगाएर एक / एक जना तथा राैतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा दुई जनाकाे मृत्यु भएकाे हाे ।

यस्तै इलाममा एक र रसुवामा चार जना गरि ५ जना बेपत्ता भएका छन्, १६ जना घाइते छन् । प्राधिकरणले दिएकाे जानकारी अनुसार इलाममा पहिराेमा परेर ८ जना, पाँचथरमा एक जना, भाेजपुरमा चट्याङ लागेर तीन जना, खाेटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन्।

यसबीचमा इलाममा दुई जनाकाे हेलिकाेप्टरबाट उद्धार गरिएकाे प्राधिकरणले जनाएकाे छ।

557626962 681812231605976 2961445569027512876 N

October 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको