मूख्य नदीमा जल सतह सतर्कता तहभन्दा तल

काठमाडौँ । देशका मूख्य नदीमा आज बिहानको मापन अनुसार धेरैजसाेमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ।

सशस्त्र प्रहरीले दिएकाे पछिल्लाे जानकारी अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वीराप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

बाढी, पहिरो र डुबानबाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदाय विपद् स्वयंसेवक र विपद् सुचकहरुसँग समन्वयमा रहन सशस्त्र प्रहरी बलले अनुराेध गरेकाे छ ।

Narayani Nadi 1

October 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको