काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ । नेपाली बजारमा सुनकाे मूल्य आइतबार एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे ।
आज २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे छ । याे उच्च बृद्धिसँगै सुनकाे भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएकाे छ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैंयाँ बढेर तोलामा २ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

October 6, 2025, Jyotishsanchar press

