दुई दिनकाे वाढीपहिराेबाट कति भयाे क्षति ?

काठमाडौँ । असाेज १७ गतेदेखि भएकाे वाढीपहिराेबाट आज दिउँसाे २ बजेसम्म ४६ जनाकाे मृत्यु भएकाे छ।

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर इलाममा ३७ जना, खाेटाङमा एक र उदयपुरमा खाेलाले बगाएर दुई जना तथा राैतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा एक जनाकाे मृत्यु भएकाे हाे ।

यस्तै काभ्रे र माेरङमा एक एक जनाकाे मृत्यु भएकाे छ । उता इलाममा दुई र रसुवामा चार जना गरि ६ जना बेपत्ता भएका छन्, २४ जना घाइते छन् ।

प्राधिकरणले दिएकाे जानकारी अनुसार इलाममा पहिराेमा परेर १० जना, पाँचथरमा एक जना, भाेजपुरमा चट्याङ लागेर तीन जना, खाेटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन्। ललितपुरमा २, मकवानपुरमा १, ताप्लेजुङमा एक, धनकुटामा २ गरि २४ जना घाइते भएका छन् ।

५० वटा जिल्ला प्रभावित हुँदा ९९ वटा घटना भएका छन्। उद्धार र सहयाेगका लागि देशभर २ हजार ५४७ सुरक्षाकर्मी परिचालित भएका छन् । यसबीचमा इलाममा दुई जनासहित १८ जनाकाे हेलिकाेप्टरबाट उद्धार गरिएकाे प्राधिकरणले जनाएकाे छ। विभिन्न माध्यमबाट १८७ जनाकाे उद्धार गरिएकाे छ ।

560060655 1119163176997662 7536117877809455008 N

October 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको