काठमाडौँ । देशका नाै वटा राजमार्ग अहिले पनि पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएकाे पछिल्लाे जानकारी अनुसार आज बिहान नाै बजेसम्म नाै जिल्लाका नाै सडकहरु पूर्णरुपमा अवरुद्ध छन् ।
यस्तै चार वटा सडकहरु एकतर्फी खुल्ला भएकाे पनि प्रहरीले जनाएकाे छ । ललितपुर, संखुवासभा, धनकुटा, काभ्रे, सिन्धुली, मकवानपुर, रसुवा, इलाम, धनकुटा र भाेजपुरका सडकहरु पूर्णरुपमा अवरुद्ध छन् ।
धनकुटाका र मकवानपुरका दुई दुई सडकहरु एकतर्फी संचालनमा रहेकाे प्रहरीले जनाएकाे छ । कान्ति राजपथ, काेशी राजमार्ग, बीपी राजमार्गलगायतका पूर्ण अवरुद्ध रहेका सडकहरुलाई सुचारु गराउने प्रयास भइरहेकाे छ ।

October 7, 2025, Jyotishsanchar press

