सुनकाे मूल्यमा हालसम्मकै नयाँ रेकर्ड कायम

काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ।

सुन आज २ हजार ३०० ले बढेर उच्चबिन्दुमा पुगेकाे छ । याे उच्च बृद्धिसँगै सुनकाे भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख ३५ हजार चार सय रुपैंयाँ कायम भएकाे छ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। तोलामा २ हजार ९६० रुपैयाँ कायम भएकोमा आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।

Gold

October 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको