वाढीपहिराेबाट आजसम्म ५१ जनाकाे मृत्यु

काठमाडौँ । असाेज १७ गतेदेखि भएकाे वाढीपहिराेबाट आज बिहान १० बजेसम्म ५१ जनाकाे मृत्यु भएकाे छ।

राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर इलाममा ३७ जना, खाेटाङमा एक र उदयपुरमा खाेलाले बगाएर दुई जना तथा राैतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा एक जनाकाे मृत्यु भएकाे हाे ।

यस्तै काभ्रे र माेरङमा एक एक जनाकाे मृत्यु भएकाे छ । सुनसरीमा पनि एक जनाकाे मृत्यु भएकाे छ । उता इलाममा एक, भाेजपुरमा एक र रसुवामा चार जना गरि ६ जना बेपत्ता भएका छन्, ४७ जना घाइते छन् ।

Narayani Nadi 1

October 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको