मंगलबार ५८.५५ अंकले घट्याे नेप्से

काठमाडौं । दशैं बिदापछि सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ५८.५५ अंकले घटेको छ।

मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा बजार घटेर २ हजार ६०४.९६ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये २३५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाे छ । १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

October 7, 2025, Jyotishsanchar press

Nepesa

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको