रामेछाप । रामेछाप–काठमाडौँ रुटमा बुधबारदेखि हवाई उडान हुने भएको छ।
स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा समिट, सिता र तारा एयरले आजदेखि नियमितरुपमा उडान शुरु गरेका हुन् ।
केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौँ उडान हुन सकेको थिएन । असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि यहाँ हवाई उडान शुरु गरिएको हो ।
अबदेखि प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले नियमितरुपमा रामेछाप–काठमाडौँ–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।

October 8, 2025, Jyotishsanchar press

