काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे छ।
यसअघि मंगलबार २ लाख ३५ हजार चार सय कायम थियाे ।
यस्तै चाँदीको मूल्य भने आज घटेकाे छ। आज तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

October 8, 2025, Jyotishsanchar press

