अझै ७ वटा सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । बाढी पहिरोका कारण अझै ७ वटा सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

बुधबार नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ६ वटा सडक पूर्णरुपमा अवरुद्ध रहेका र ५ वटा एकतर्फीरुपमा संचालनमा रहेका छन् ।

विभिन्न ८ जिल्लाका मूख्य राजमार्ग अवरुद्ध रहेकाे र खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । जसमा संखुवासभा, धनकुटा, इलाम, काभ्रे, हुम्ला, रसुवा, मकवानपुर र सिन्धुली रहेका छन् ।

Bp2

October 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको