पाँचखालमा सवारी दुर्घटना, ८ जना घाइते

काभ्रे । आज दिउँसाे काभ्रेकाे पाँचखाल नगरपालिकामा भएकाे सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । जसमा तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।

दिउँसो १ः३० बजेतिर अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका वडा नम्बर ६ दुलालथोकमा सवारी दुर्घटना भएको हाे ।

काठमाडौंबाट सिन्धुपाल्चोकको बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ५ ख ६८३ नम्बरको मिनी आइचरलाई ठक्कर दिँदा मिनी आइचर अनियन्त्रित भई करिब १५० मिटर अगाडि पुगेर सडकको दाहिनेतर्फ करिब १०० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएकाे छ।

दुर्घटनामा मिनी आइचरमा सवार ६ जना मध्ये ३ जना गम्भिर घाइते भएका छन् । अन्य ३ जना सामान्य घाइते छन् । जसमा सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका बस्ने बर्ष ३० का रेशम थापाकाे दुवै हात र खुट्टामा चोट लागेकाे छ। यस्तै काभ्रेकाे बेथानचोक गाउँपालिका ४ बस्ने बर्ष ४३ का आइतलाल तामाङकाे ढाड र पेटमा चोट लागेकाे छ।

झापा जिल्ला बस्ने बर्ष ५८ का लालबहादुर राईकाे दाहिने हात र दुवै खुट्टामा चोट लागेकाे छ भने सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका १ बस्ने बर्ष ५८ का शेरबहादुर तामाङकाे शरीरका विभिन्न भागमा चोट लागेकाे प्रहरीले जनाएकाे छ। साेही ठाउँका बर्ष २७ का फुर्वा तामाङ सामान्य घाइते भएका छन् । आइचर चालक भक्तपुर जिल्ला सूर्यबिनायक बस्ने बर्ष ५८ का रामचन्द्र अधिकारीकाे घाँटीमा भित्री चोट लागेकाे छ।

बसमा सवार ११ जनामध्ये २ जना घाइते भएका छन् । जसमा सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका २ बस्ने बर्ष ७० का युक्तबहादुर खत्री सामान्य घाइते छन् । उनकाे पाँचखाल पोलिक्लिनिकमा उपचार भइरहेको छ। यस्तै सिन्धुपाल्चोककै बलेफी गाउँपालिका ६ बस्ने बर्ष ६६ का गोपीलाल पराजुली पनि सामान्य घाइते छन् । उनकाे पनि पाँचखाल पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाकाे खबर पाउनासाथ प्रहरी चाैकी पाँचखालबाट प्रहरी निरिक्षक प्रशान्त तामाङकाे नेतृत्वमा गएकाे टाेलीले उद्धार गरेकाे थियाे । बस चालक काभ्रेकाे भुम्लु गाउँपालिका १ बस्ने बर्ष २५ का सुमन बस्नेत प्रहरी चौकी पाँचखालको नियन्त्रणमा छन्

Accident Final Uvlfyfeitl

October 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको