काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्कले घटेर २ हजार ५५९ अङ्कमा झरेको छ । बजारमा आज ५ अर्ब ७६ करोडको कारोबार भयो ।
कारोबार भएका कम्पनीमध्ये आज १८ कम्पनीको मूल्य बढेको छ। २३२ को घट्दा एउटाको स्थिर रहेको छ।
आज बजारका सबै समूहमा गिरावट आएको छ । फाइनान्स र होटल समूह ३ प्रतिशत भन्दा धेरैले घटेका छन् । विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, घटेको छ ।
आज आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको मूल्य ६.१२ प्रतिशतसहित सबैभन्दा धेरैले घट्यो ।

October 8, 2025, Jyotishsanchar press

