काठमाडौं । आज विश्व हुलाक दिवस मनाइँदैछ। ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ विश्वका विभिन्न राष्ट्रमा याे दिवस मनाउन लागिएकाे हाे ।
सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइने गरिन्छ।
सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो। त्यसपछि विश्वका विभिन्न देशले वार्षिकरूपमा यो दिवस मनाउँदै आएका छन्। नेपालमा पनि आज याे दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

October 9, 2025, Jyotishsanchar press

