मन्त्री कुलमान घिसिङद्वारा बाढीले क्षतिग्रस्त बीपी राजमार्गको स्थलगत अवलाेकन

काभ्रे । ऊर्जा, भौतिक योजना तथा शहरी विकासमन्त्री कुलमान घिसिङ बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको स्थलगत अवलाेकनमा पुगेका छन्।

उनले बिहीबार काभ्रेको नमोबुद्ध नगरपालिका–६, चौकीडाँडास्थित रोशी खोलाले पुर्‍याएको क्षति अवलोकन गरेर त्यहाँ भइरहेकाे मर्मतका बारेमा जानकारी लिएका छन् । यसक्रममा उनले राजमार्गलाई दुई दिनभित्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।

मन्त्री घिसिङले तत्काल उपलब्ध स्रोत र साधनको प्रयोग गरी काम शुरु गर्न स्थानीय पालिका तथा सडक डिभिजन कार्यालयलाई पनि निर्देशन दिए । अवलाेकन र निरिक्षणका क्रममा नमाेबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, राेशीका अध्यक्ष दिनेश लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, विभिन्न पालिकाका अन्य जनप्रतिनिधीहरुलगायत सराेकारवाला निकाय र स्थानीयहरुकाे उपस्थिती रहेकाे थियाे । 

गत असोज १८ र १९ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको छ। राजमार्ग पुनः सञ्चालनका लागि अहिले काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थानमा डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएकाे छ ।

Kul Man Bp

October 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको