बिहीबार २२.५९ अंकले बढ्याे नेप्से

काठमाडौँ। साताको अन्तिम दिन बिहीबार शेयर कारोबार २२.५९ अंकले बढेको छ।

आज ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैंयाँको कारोबार हुँदा नेप्से २२.५९ अंकले बढेर २ हजार ५८२.१८ विन्दुमा पुगेको छ।

नेप्सेमा कारोबार भएका मध्ये दुई सय वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्य घट्यो । त्यस्तै, आजको कारोबारमा १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार बिन्धवासिनी हाइड्रोपावरको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए।

बिहीबारको शेयर कारोबारमा व्यापार समूहबाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ।

Share

October 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको