काठमाडौँ । जेनजी आन्दाेलनकाे एक महिना पूरा भएकाे सन्दर्भ पारेर प्रधानमन्त्री सुशीला कार्कीले सम्बाेधन गर्नुभएकाे छ ।
साे क्रममा उहाँले युवाहरूले गरेको राजनीतिक क्रान्तिलाई आत्मसात गर्न आग्रह गर्नुभयाे । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको सन्दर्भमा बिहीबार साँझ भिडियो सन्देश दिनु हुँदै युवाले चाहेको कुरा पूरा हुने बताउनु भयो ।
उहाँले सबै पक्षलाई संयम् राख्न र हिंसा रोक्न अनुरोध पनि गर्नुभएको छ । साथै कार्कीले राजनीतिक दलहरूले पनि सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे । उहाँले भन्नुभएको छ, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ ।”

October 10, 2025, Jyotishsanchar press

