काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज भने घटेकाे छ।
आज सुन चार हजार दुई सयले घटेकाे छ। याे सँगै सुनकाे भाउ प्रतिताेला २ लाख ३५ हजार रुपैयाँ कायम भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार चाँदीकाे भाउ भने बढेकाे छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । चाँदीकाे मूल्य पनि आजसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

October 10, 2025, Jyotishsanchar press

