आजदेखि एकतर्फी सुचारु भयाे बीपी राजमार्ग

काभ्रे । बीपी राजमार्ग आजदेखि एकतर्फी सुचारु भएको छ।

असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंलाई पूर्वीनेपालसँग सिधा जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायीरूपमा मर्मत गरी एकतर्फीरूपमा सञ्चालन गरिएको हाे ।

सडक दुईतर्फी सञ्चालनमा आउन केही दिन लाग्ने राेशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार अझै ठाउँ ठाउँमा रोलिङ र ग्रेडिङ मिलाउने कार्य भइरहेकाे छ।

Bp2

October 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको