पूर्वसभामुख महराविरुद्ध आठ करोड ५५ लाख बिगो दाबीसहित मुद्दा दायर

काठमाडौँ । भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ । सङ्गठित अपराध र भन्सारसम्बन्धी दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ । हाजिरी जमानतमा छुटेको डेढ वर्षपछि पक्राउ पर्नुभएका महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको बताउनुभयो । मुद्दा दायर भए पनि जिल्ला अदालतमा मङ्गलबारदेखि मात्र थुनछेक प्रक्रिया प्रारम्भ हुनेछ । अदालतले थुनेछेकपछि थुनामै राख्ने, धरौटी वा जमानतमा रिहाको आदेश गर्न सक्नेछ।

२०७९ पुस १० मा फ्लाई दुबईबाट काठमाडौँ आएका चिनियाँ नागरिक दावाजिन वाङको साथमा शङ्कास्पद सुटकेस बरामद भएको थियो । सामग्री नै छाडेर चिनियाँ नागरिक वाङ भागेका थिए । भन्सारमा अलपत्र उक्त सामग्री छाडिदिन महराले पटक पटक फोन गर्नुभएको अनुसन्धानमा खुलेको थियो । प्रहरी अनुसन्धानमा उक्त सुटकेसमा विद्युतीय चुरोट (भेप) भएको फेला परेको थियो । भेपमा नौ केजी ११.५२४ ग्राम सुन फेला परेको थियो । गाेरखापत्रबाट

Krishna Bdr Mahara

October 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको