भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हाे ।

जस अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। साे साइतमा टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनु पर्ने बताइएकाे छ। समितिले हरेक पर्वका शुभ साइतहरु सार्वजनिक गर्दै आइरहेकाे छ।

बिहीबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने मान्यता रहेकाे छ।

यस वर्ष यमपञ्चक कात्तिक २ गते आइतबारदेखि शुरु हुन्छ। यस दिन काग तिहार परेकाे छ । धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन मनाइन्छ। ३ गते कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाे छ। ४ गते औँसी र ५ गते गाेवर्धन पूजा परेकाे छ। गाई, गोरु र आत्म(म्ह) पूजा तथा नेपाल सम्वत्अनुसार नयाँ वर्ष पनि ५ गते परेकाे छ। कात्तिक ६ गते भाइटीका (किजापूजा) परेकाे समितिले जनाएकाे छ।

Whatsapp Image 2025 10 14 At 14.36.06
Whatsapp Image 2025 10 14 At 14.36.06
Bhaitika Saptarangi Tika

October 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको