२७ बुक तास र १ लाख २२ हजार नगदसहित पनौतीबाट आठ जना पक्राउ

धुलिखेल । काभ्रेकाे पनौती नगरपालिका वडा नं ९ बाट २७ बुक तास र १ लाख २२ हजार ८ सय ४५ नगदसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फर्निचर बनाउने टहरामा तास, जुवा खेल्ने/ खेलाउने कार्य भइरहेको थाहा पाएपछि जिल्ला प्रहरी
कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे। यस विषयमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

यस्तै बनेपाकाे पुल बजारमा रहेकाे हाम्राे खाजा घरमा अवैधरुपमा याैनजन्य क्रियाकलाप भइरहेकाे भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट गएकाे प्रहरी टाेलीले तीन जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयाे ।

Whatsapp Image 2025 10 14 At 20.33.03 1

October 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको