आज ४५औँ विश्व खाद्य दिवस मनाइँदै

काठमाडौँ । विश्वभर आज ४५औँ विश्व खाद्य दिवस मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ।

यस वर्षको दिवस ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ मनाइँदै छ। नेपालमा पनि कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रम आयोजना गरेको छ।

संयुक्त राष्ट्रसङ्घको २०औँ साधारण सभाले सन् १९७९ मा खाद्य तथा कृषि सङ्गठन (एफएओ) को स्थापना दिवसका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसयता सन् १९८१ देखि हरेक वर्ष विश्व खाद्य दिवस मनाइँदै आएको छ। नेपालमा पनि याे दिवस मनाइन्छ ।

World Food Day

October 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको