काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले यस वर्षकाे भाइटीका कुन देशमा कति बेला लगाउन सकिने भन्ने मिति र समय सार्वजनिक गरेकाे छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक ६ गते बिहान ११ः३९ बजे नेपालमा भाइटीकाकाे शुभसाइतकाे समय यस अघि नै सार्वजनिक गरिसकेकाे छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले जनाए अनुसार भारतमा साेही दिन बिहान ११ः५५ बजेकाे शुभसाइतमा टीका लगाउन सकिन्छ ।
अमेरिकाकाे न्यूयाेर्कमा भने २२ अक्टाेबर बिहान ११ः४५ बजे र टेक्ससमा ११ः५७ बजेका लागि शुभ साइत तय गरिएकाे छ । उता क्यानडाकाे टाेरन्टाेमा साेही दिन बिहान ११ः२३ बजेकाे साइत उत्तम छ।
सिङ्गापुरमा २३ अक्टाेबर बिहान ११ः५८ बजे भाइटीका लगाउन सकिने समितिका सभापति प्राडा माधव भट्टराईले जानकारी दिनुभयाे । हेराैं सूचीः


October 16, 2025, Jyotishsanchar press

