कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकामा आज मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साे दुर्घटनामा नौ जना घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज धोबेनी खोलामा दुर्घटना भएको थियाे । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीकाे भनाइ छ।

दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, १६ वर्षीय शीतल साउद र ३४ वर्षीय हर्क साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएकाे छ ।

Jeep Accident Final One 62spksmqgf

October 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको