काठमाडौँ । तिहारको बिदामा पनि सर्वोच्च अदालत बिहान ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएकाे छ।
यसबीचमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ। तिहारमा कात्तिक ६ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
“सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने छ”, सूचनामा भनिएकाे छ।

October 20, 2025, Jyotishsanchar press

