सोलुखुम्बुमा जिप दुर्घटना, ३ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा बिहीबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । तीन जना महिलाको शव घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ।

यद्यपी गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ।

Accident Final Uvlfyfeitl

October 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको