कुन्तावेँसी । सेवक नेपाल बालगृह संचालनार्थ आयाेजना गरिएकाे देउसी भैलाे कार्यक्रममा ७ लाख ५ हजार १४० रुपैंयाँ संकलन भएकाे छ ।
तिहारका दिनमा सिन्धुपाल्चाेक र काभ्रेका बिभिन्न स्थानमा गरिएकाे देउसी भैलाेमा साे रकम संकलन भएकाे हाे । जस अन्तर्गत सिन्धुपाल्चाेककाे मेलम्ची बजारका २ ठाउँमा खेलिएकाे देउसीभैलाेमा १ लाख २५ हजार ४४५ रुपैंयाँ संकलन भएकाे थियाे । यस्तै काभ्रेकाे मण्डनदेउपुर स्थित सिपाघाटमा ८० हजार ९०६ र कुन्तावेँसीमा खेलिएकाे देउसीभैलाेबाट १ लाख ९२ हजार ५५० संकलन भएकाे थियाे ।
पाँचखाल बजारमा १ लाख ५१ हजार ३२५ र शिखरपुरमा ५७ हजार ४४० रुपैंयाँ संकलन भएकाे सेवक नेपालले जनाएकाे छ । यता बनेपामा भएकाे कार्यक्रममा ८८ हजार ७५० संकलन भएकाे थियाे । जसमा नगद ६ लाख ९२ हजार २४० र अनलाइनबाट १२ हजार ९०० संकलन भएकाे थियाे ।

October 25, 2025, Jyotishsanchar press

