काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै ३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको जनाएको हाे।
मन्त्रालयका अनुसार काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई भक्तपुर सरुवा गरिएकाे छ। उहाँकाे ठाउँमा झापामा कार्यरत गाेपालकुमार अधिकारीलाई सरुवा गरिएकाे मन्त्रालयले जनाएकाे छ ।

October 27, 2025, Jyotishsanchar press

